मर्दीखोला समाज युकेद्वारा सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७८
vidabari health center

हेमजा । माछापुच्छ्रे गाउँपालिका अन्तर्गत धितालको भिँडाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा यतिबेला आइसोलेसन निर्माण जारी छ ।

मर्दीखोला समाज युकेले बुधबार आइसोलेसनका लागि अक्सिमिटर, ग्लोब्स, सेनिटाइजर, ग्यास चुल्हो, भाडावर्तन, ग्यास सिडिन्डरलगायत सामग्री हस्तान्तरण गरिएको सदस्य गुरुङले बताए ।

समाजका आजीवन सदस्य विकास गुरुङले गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङलाई २ लाख ४५ हजार बराबरमा सामग्री प्रदान गरेका हुन् । उनले स्वास्थ्य चौकीलाई पनि सहयोगको तयारी भइरहेको जानकारी दिए ।

आइसोलेसनलाई मर्दीखोला समाज हङकङले १५ बेड सहयोग गर्दै छ । जिल्ला समन्वय समितिले १० लाख विनियोजन गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै