पत्रकार महासंघलाई स्वास्थ्य सामग्री सहयोग

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७८
Help Photo

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान निर्देशक वरिष्ठ कन्सल्टेन्ट सर्जन सहप्राडा अर्जुन आचार्य र समाजसेवी मीनाकुमारी गुरुङले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । कोरोना महामारीमा अग्रभागमा खटिने पत्रकारका लागि उनीहरुले शुक्रबार कुल ६ हजार थान मास्क र १५ लिटर सेनिटाइजर सहयोग गरेका हुन् ।

डा. आचार्यले ३ हजार ५ सय मास्क र ५ लिटर सेनिटाइजर पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गरे ।

डा. आचार्यले अहिलेको कठिन अवस्थामा पत्रकारले अग्रभागमा खटिएर काम गर्नुपर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सहयोग गरिएको बताए । महासंघ अध्यक्ष भण्डारीले सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा महासंघको कुनै सदस्यलाई गाह्रो परेमा चिकित्सीय सुझावको पनि अपेक्षा गरिन् ।

यस्तै, कास्की ल्वाङ घर भई हाल हङकङ निवासी समाजसेवी गुरुङले प्रवीण मर्सानी मार्फत २ हजार ५ सय मास्क र १० लिटर सेनिटाइजर महासंघलाई उपलब्ध गराएकी हुन् । सो स्वास्थ्य सामग्री शुक्रबार नै मर्सानीले महासंघ कास्की उपाध्यक्ष रामप्रसाद तिमिल्सिनालाई हस्तान्तरण गरे ।

महासंघ उपाध्यक्ष तिमिल्सिनाले महासंघमा प्राप्त मास्क तथा स्वास्थ्य सामग्री जोखिम खटिने जिल्लाका पत्रकारलाई प्राथमिकता आधारमा उपलब्ध गराउने बताए ।

Related News

सम्बन्धित समाचार

  • संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने

    प्रकाश ढकाल वैशाख २४, २०८१
    पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले संविधानको व्यवस्था विपरीत बहुमत पाएको घोषणा गरिएको छ । सभामुख कृष्ण धितालले उनको पक्षमा…
  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…
  • भूगोलविद् डा. हर्कको सालिक अनावरण

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    लमजुङ । लमजुङका भूगोलविद् डा. हर्क गुरुङको अमरत्वका लागि उनको जन्मस्थलमा पार्क निर्माण गरी सालिक अनावरण गरिएको छ । मस्र्याङ्दी…

hero news full width