पोखरा । गण्डकी प्रदेशमा थप १६ संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समय कास्कीका ७, तनहुँ र म्याग्दीका ३÷३, गोरखा, बाग्लुङ र दाङ १/१ जनाको मृत्यु भएको हो । गण्डकीमा कोरोनाबाट यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो घटना हो । यो सहित प्रदेशमा कुल ३ सय ४ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ ।
पोखरा ९ की ६४ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार क्रममा निधन भएको छ । सोही अस्पतालमा उपचार क्रममा पोखरा १२ का ४५ वर्षीय कोरोना संक्रमित पुरूषको मंगलबार बिहान मृत्यु भयो । तनहुँको व्यास नगरपालिका १ की ३५ वर्षीय कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार क्रममा मृत्यु भएको हो । तनहुँकै शुक्लागण्डकी नगरपालिका ६ का ६२ वर्षीय पुरूषको बुधबार बिहान फिस्टेल अस्पताल निधन भएको छ ।
म्याग्दीको बेनी नगरपालिका ९ की ३९ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचार क्रममा ज्यान गएको छ । मणिपाल शिक्षण अस्पतालमै उपचार क्रममा पोखरा १ का ५२ वर्षीय पुरूषको पनि निधन भएको छ ।
यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका ७ का ५५ वर्षीय पुरूषको बुधबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो। म्याग्दीको रघुगंगा गाउँपालिका २ की ३६ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार बिहान मृत्यु भयो । म्याग्दीकै मंगला गाउँपालिका ४ का ७६ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा मृत्यु भयो ।
दाङको लमही नगरपालिका ५ का ९० वर्षीय पुरूषको चरक मेमोरियल अस्पतालमा र पोखरा ३२ की ४८ वर्षीया महिलाको बुधबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।
यस्तै गोरखाको पालुङटार नगरपालिका ९ का ३३ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा मृत्यु भयो । पोखरा १ की ४९ वर्षीया महिलाको ग्यालेक्सी अस्पताल, पोखरामा उपचार क्रममा मृत्यु भयो । ग्यालेक्सी अस्पतालमै पोखरा १४ की ८६ वर्षीय महिला र पोखरा ८ की ८५ वर्षीया महिलाको मृत्यु भएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका ४ की ६६ वर्षीया महिलाकोे धौलागिरी अस्पतालमा उपचार क्रममा निधन भएको छ ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१