काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले पार्टी परित्याग गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गराएको छ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले खड्काले दल परित्याग गरेको पत्र प्राप्त भएको जानकारी दिए। खड्काको पत्र सचिवालयमा दर्ता भएसँगै राष्ट्रिय सभामा २ सिट रिक्त भएको छ।
यसअघि गृहमन्त्री रामबहादुर थापा बादललाई माओवादीले संसदबाट हटाएको थियो। सांसदबाट हटेका थापाले पुनस् गृहमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए।
थापालाई कारबाही गरिए पछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा निर्वाचन गर्नका लागि निर्वाचन आयोगले कार्यसूची प्रकाशन गरिसकेको छ।
खड्का लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए। संसद अधिवेशन चालू रहेको अवस्थामा संसदमा सुनाएपछि सांसद पद गुम्ने व्यवस्था छ भने संसद अधिवेशन नभएको अवस्थामा सूचना प्रकाशन गरेपछि पद जाने छ।
Related News
सम्बन्धित समाचार
रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१