लेखनाथ । आफ्ना व्यवसायीको व्यापार ब्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायसम्बन्धी प्रशिक्षण सञ्चालन गरेको छ । आफ्नो कार्यक्षेत्रका सबै स्थानमा संघसँग आबद्ध र नयाँ व्यवसायीलाई सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्तिबारे जानकारी दिने उद्देश्यअन्तर्गत बुधबार पोखरा ३० को शिशुवा क्षेत्रका व्यवसायीबीच छलफल तथा प्रशिक्षण सञ्चालन गरिएको हो ।
लेखनाथ उद्योग वाणिज्य संघको भदौमा हुने महाधिवेशनबारे जानकारी गराइएको थियो । शिशुवामा भएकोे कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष बलराम ढकालले व्यवसायीमा पर्न सक्ने पीडा, मर्का तथा व्यावसायिक समस्याको समाधानमा संघ सहयोगी भएर अघि बढ्ने बताए ।
लेखनाथ उद्योग वाणिज्य संघको आह्वान र शिशुवा बजार व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ, उपमहासचिव उपेन्द्रराज सुवेदी (राजु), कोषाध्यक्ष जानुका पराजुली कार्यसमिति सदस्य मेनुका श्रेष्ठ र रामजी पौडेल लगायतले सहजीकरण गरेका थिए ।
शिशुवा बजार व्यवस्थापन समितिका सक्रिय सदस्य महामाया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा, सहकारी तथा वित्तीय संस्था परिचालन उपसमितिका संयोजक इन्द्रबहादुर थापा, रोजगार प्रवद्र्धन उपसमिति संयोजक खेमराज बराल, युवा उद्यमी व्यवस्थापन उपसमिति संयोजक जीवन तिवारी, शिशुवा बजार व्यवस्थापन समितिका अध्यक्ष हरि त्रिपाठी लगायतले बोलेका थिए । लेखनाथ उद्योग वाणिज्य संघका महासचिव गोपिचन्द्र बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१