पोखरा । पोखरा ८ सिर्जनाचोकस्थित फेवा बहुद्देश्यीय बचत तथा ऋण सहकारीले ६४ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा रक्त भण्डार भवनलाई सहयोग गरेको छ । सो अवसर ३ दिनसम्म चलेको कार्यक्रमको अन्तिम दिन कार्यक्रम आयोजना गरी चेक हस्तान्तरण गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डण्डराज शर्मालाई २५ हजार १ सय २५ को चेक सहकारीका उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले हस्तान्तरण गरे ।
क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र रामघाटमा सञ्चालन र भण्डार गर्दै आइरहेको भए पनि उक्त स्थान साँघुरो भएको हँुदा सिर्जनाचोकमा ८ करोड लागतमा गण्डकी प्रदेश स्तरीय रक्त सञ्चय भण्डार भवन निर्माणाधीन छ ।
सहकारीका श्रेष्ठले मानवीय सेवामा लाग्नुपर्ने बताउँदै अति विपन्न वर्गका बिरामीलाई सहयोग गर्ने गरी नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र रामघाटलाई समेत २५ हजार सहयोग गरेको स्मरण गरे ।
कार्यक्रममा फेवा सहकारीका प्रबन्ध निर्देशक हरिभक्त पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपनिर्देशक खेमराज सापकोटा, सहकारीका बालकृष्ण पौडेल र चिना कार्की लगायतले बोलेका थिए । सहकारीका सहायक प्रबन्धक जगन तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
रोटरी काठमाडौं हेरिटेजको पदस्थापन
भलिबलमा अटल हिमाल
पिसिएममा पाइथन प्रोग्रामिङ तालिम
भूगोलविद् डा. हर्कको सालिक अनावरण
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१