पोखरा । शैक्षिक परामर्शदाता कम्पनी हिमा–अस पोखरा एजुकेसन कन्सल्टेन्सीको आयोजनामा हिमा–अस कप फुटसल प्रतियोगिता हुने भएको छ । आगामी वैशाख ९ र १० गते पोखरा गणेशटोलस्थित ‘स्पोर्टस् क्यासल’मा प्रतियोगिता हुनेछ ।
कलेजस्तरीय हुने प्रतियोगिता कलेज र यूनिभर्सिटीसँग भाइचारा विकास गर्दै विद्यार्थीसँग सौहार्दपूर्ण सम्बन्ध विकास गर्ने उद्देश्यले आयाोजना गरिएको कम्पनीले जनाएको छ । हिमा–अस पोखराको तर्फबाट प्रतियोगिता संयोजक अर्जुन पाण्डेले भने,‘त्योबाहेक शिक्षासँगै खेलकुदको पनि प्रमोट गर्ने हाम्रो लक्ष्य हो ।’
संयोजक पाण्डेका अनुसार प्रतियोगितामा ३५ भन्दा बढी कलेज सहभागी हुने अनुमान छ । प्रतियोगितामा प्लस टुदेखि स्नातक तहसम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले ५० हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी र अनुशासित खेलाडी÷कलेज शीर्षकमा समेत पुरस्कार दिइने कम्पनीले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने समूहले न्यूरोड बुद्धमार्गस्थित कन्सल्टेन्सीको कार्यालयमा उपस्थित भई दर्ता गर्नुुपर्नेछ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१