पोखरा । दलित महिला संघ जिल्ला शाखा कास्कीको आयोजनामा मानव अधिकारमा आधारित दृष्टिकोण र वकालत तालिम सञ्चालन गरिएको छ । तालिममा पोखरा महानगरपालिकाका ३३ वटै वडाहरुबाट दलित महिला सञ्जालका सदस्यको सहभागिता थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य मनबुजा विश्वकर्माले अझै पनि हाम्रो समाजमा जात, वर्ग, भूगोल र पहुँचका आधारमा विभेद र अवसरबाट बञ्चित हुनुपर्ने अवस्था रहेको बताए । मानव अधिकारको दृष्टिकोणले सबैलाई समान अवसर र समान व्यवहार हुनुपर्नेमा जोड दिए । सरकारी कार्यालयबाट पाउनुपर्ने सेवामा पनि जातकै आधारमा विभेद हुने गरेको उनले सुनाए ।
दलित महलिा संघ जिल्ला शाखा कास्की अध्यक्ष सुमित्रा गायकले दलित महिला संघले दलित महिलाको विकास, न्यायमा पहँुच, आर्थिक, राजनीतिक, सांस्कृतिक र सामजिक रुपान्तरणका लागि काम गर्दै आएको स्पष्ट पारिन् ।
२ दिन चलेको कार्यक्रममा मानवअधिकारको अवधारण, विकास, परिभाषा, विश्वव्यापी घोषणपत्र, सरकारी कार्यालयबाट लिइने सेवा सर्भिसमा मानव अधिकार प्रवद्र्धन, पैरवी, जनवकालत, अधिकारमुखी विकाससम्बन्धी प्रशिक्षण दिइएको थियो ।
तालिममा इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले सहजीकरण गरेका थिए । तालिमको उद्देश्यमाथि कार्यक्रम संयोजक खेमराज विश्वकर्माले प्रकाश पारे ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१