पोखरा। नेपाल–भारत मैत्री संघ अध्यक्षमा ओमप्रकाश सरावगी निर्वाचित भएका छन् ।
नेपालगन्जमा सम्पन्न संघको सातौं केन्द्रीय मैत्रीसभा तथा महाधिवेशनबाट ३ सय ५ मत प्राप्त गर्दै सरावगी निर्वाचित भएका हुन् । उनले अध्यक्षका प्रत्यासी राजकुमार सिन्धीलाई पराजित गरेका हुन् । सिन्धीले १ सय ९९ मत ल्याए ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा सुरेन्द्रमोहन झाले प्रतिद्वन्द्वी विष्णु सापकोटालाई पराजित गर्दै निर्वाचित भए । विजयी झाले ३ सय १० र सापकोटाले १ सय ९२ मत प्राप्त गरेका छन् ।
महासचिवमा बोधकृष्ण सुवेदी निर्वाचित हुन सफल भए ।
प्रदेशका उपाध्यक्ष र सदस्य सहित २९ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । जसमा सचिव मनोनीत हुने व्यवस्था छ ।
निर्वाचनमा कुल ५ सय ६७ मतदाता रहेकोमा ५ सय ६ मत खसेको थियो । संघमा निर्वाचनका लागि ४६ जनाले उम्मेदवारी दिएका थिए । यसअघि ७ जना निर्विरोध भएका छन् । उपाध्यक्ष ३ जना, ७ क्षेत्रका महिला सदस्य ५ जना निर्विरोध भएका हुन् ।
निर्विरोध हुने उपाध्यक्षमा गण्डकीका ऋषिराम सापकोटा, प्रदेश १ का लोकेन्द्रकुमार श्रेष्ठ र कर्णालीका धनबहादुर श्रेष्ठ हुन् ।
संघको केन्द्रीय मैत्रीसभा तथा महाधिवेशन प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री सञ्जयकुमार गौतमले शनिबार उद्घाटन गरेका थिए ।
संघका केन्द्रीय अध्यक्ष राजकुमार सिन्धीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री गौतमले संघले नेपाल र भारत बीचको सम्बन्ध प्रगाढ बनाउन पुलको काम गरेको बताए । उनले नेपालका ७० जिल्लामा संघ गठन भएको भन्दै करिब ९ हजार नेपाली संघमा आजीवन सदस्य रहेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१