आहारारालाई फुडमान्डुको साथ

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७७
aaha

पोखरा । १९ औं संस्करणको आहारारा गोल्ड कप फुटबल प्रतियोगितामा फुडमान्डुले साथ दिने भएको छ । अफिसियल फुड डेलीभरी पार्टनरका लागि शुक्रबार क्लब र फुडमान्डुबीच सम्झौता भएको छ ।

फुडमान्डुका बिजनेस डेभलपमेन्ट अफिसर विष्णुकुमारी गुरुङ, रिजनल इन्चार्ज नेहा श्रेष्ठ र क्लब अध्यक्ष केशवबहादुर थापा, उपाध्यक्ष विश्वराज बराल, पूर्व अध्यक्ष विक्रम थकाली लगायतबीच सम्झौतापत्र हस्तान्तरण भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

पोखरा रंगशालामा चैत २१ देखि २८ सम्म हुने प्रतियोगितामा ८ टिमको सहभागिता हुनेछ ।

क्लबले वर्षेनी आयोजना गर्ने प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीका सञ्चालनका लागि खर्चिदै आएको छ । एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालक आश्रित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width