हेमजा । अन्नपूर्ण गाउँपालिकाले लोक गायक प्रवीण गुरुङको स्मृतिमा उनको जन्म गाउँ अन्नपूर्ण ६ लुम्लेमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । कार्यक्रम चैत १५ देखि २१ गतेसम्म हुने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रम अन्तर्गत खुला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान, दोस्रो गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता (सुनगाभा कप २०७७), लेकाली ब्यान्डको लाइभ कन्सर्ट साथमा विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी भइरहेको व्यवस्थापन समितिका सचिव राजु गुरुङले जानकारी दिए । लोकदोहोरी कार्यक्रमको व्यवस्थापन लुम्लेस्थित रिनी म्यू समाज तथा खेलकुद कार्यक्रमको संयोजन स्थानीय सुनगाभा युवा क्लबले गर्ने छ ।
दोहोरीतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमश २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ६ हजार रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबलतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमश ५० हजार ५ सय ५० रुपैयाँ, ३० हजार ५ सय ५० रुपैयाँ, १५ हजार ५ सय ५० रुपैयाँ र ५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । भलिबलतर्फ बेस्ट प्लेयर, ब्लकर र सर्भिसलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको भलिबल संयोजक रोहित गुरुङले बताए ।
प्रवीण गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको सालिकको संरक्षण र व्यवस्थापन गर्ने, स्वदेश तथा विदेशमा गुरुङलाई चिनाउने मुल उद्देश्य राखी कार्यक्रम गर्न लागिएको हो । २०१८ साल माघ १ गते जन्मेका गुरुङको गीत संगीतको क्षेत्रमा लाग्दालाग्दै २०५१ साल साउन २२ गते काठमाडौंमा सवारी दुर्घटनामा परी निधन भएको थियो । १० वर्षको उमेरदेखि नै सांगीतिक यात्रामा निस्केका गुरुङले राष्ट्रिय नाचघर काठमाडौंमा पनि काम गरेका थिए ।
तत्कालीन गण्डकी अञ्चल स्तरीय गायन प्रतियोगितामा प्रथम हुन सफल गुरुङका यो दाजुको मिरमिरे आँखा, सालैजो हितैको माया, फूल मायामा नभुल, माथिबाट को आयो सालको पात बजाउँदै लगायतका गीतहरु चर्चित छन् ।
Related News
सम्बन्धित समाचार
नेपालमा आइडलमा सलोमी गुरुङ जिताउन अभियान
अम्बिकाले ल्याइन् ‘आमाको मन’
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार
गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१