भेट्रान्स फुटबलमा प्रि–क्वाटरफाइनलका ७ खेल

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७७
bbk 3rd day

पोखरा । चौथो रञ्जित गुरुङ स्मृति तथा दसौं बगर भाइखलक भेट्रान्स एट ‘ए’ साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत बुधबार ७ खेल भएका छन् ।

पुरानो टुँडिखेलमा तेस्रो दिनको पहिलो प्रि–क्वाटरफाइनल खेलमा हिमालय क्लब भेट्रान्स बाटुलेचौरलाई टी बर्गर ललितपुरले ३–० गोल अन्तरले पराजित ग¥यो । टी बर्गरको जीतमा नरेन्द्र लिम्बु, भेषराज लिम्बु र भगवान थापाले समान १÷१ गोल गरे । उक्त खेलमा म्यान अफ दी म्याच भेषराज लिम्बु भए ।

दोस्रो खेलमा हेटौडा भेट्रान्स निलोले एबिसी भेट्रान्स पोखरालाई २–१ गोलले हराउँदै विजयी भयो । हेटौंडाका लागि दुवै गोल म्यान अफ दी म्याच निमा लामाले गरे । एबिसीका लागि विजय गुरुङ सान्त्वना गोल फर्काए ।

ललितपुर फुटबल एकेडेमी भेट्रान्सले १–० गोल अन्तरमा हेटौंडा भेट्रान्स रातोलाई पाखा लगायो । ललिपुरका शुक्र तामाङले गोल गरेका हुन् । उक्त खेलमा हेटौडाका ज्ञानु क्षेत्री म्यान अफ दी म्यान चुनिए ।

बुधबार भएको चौथो खेलमा भनीमण्डली ललितपुर भेट्रान्सले ३–१ गोल अन्तरले विष्णुपादुका हेम्जालाई हरायो । भनीमण्डलीका लागि म्यान अफ दी म्याच तेजबहादुर धलामी, रुपेश केसी र पाण्डव खातीले १÷१ गोलको योगदान दिए । विष्णुपादुकाका लागि महेन्द्रसिंह थापाले गोल गरे ।

खुमलटार काठमाडौं भेट्रान्स र नवलपरासी भेट्रान्सबीचको खेलमा २–१ गोलले नवलपरासी विजयी भयो । नवलपरासीको तर्फबाट दीपकबहादुर थापा र हीराबहादुर गुरुङले १÷१ गोल गरे भने खुमलटारका लालबहादुर लिम्बुले १ गोल फर्काए । खेलमा खुमलटारका सुमन केसी म्यान अफ दी म्यान घोषित भए ।

बुधबार भएको छैटौं खेलमा नाइटकिङ सानो गौरचन काटमाडौं र पोखरा भेट्रान्सबीच भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा ५–४ गोलअन्तरले पोखरा विजयी भयो । निर्धारित समयमा काठमाडौंका लागि शिशिरविक्रम हमाल र पोखराका लागि किसान गौचनले गोल गरेका थिए । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका पोखराका राजु गुरुङ म्यान अफ दी म्याच भए ।

बुधबार भएको अन्तिम खेलमा मियासान मिया काठमाडौंले पशुपति भेट्रान्स हेटौंडालाई ३–० को फराकिलो गोल अन्तरले हरायो । मियासान मियाको जीतमा म्यान अफ दी म्याच चुनिएका सुन्दर गुरुङले २ तथा नविन पाण्डेले १ गोल गरे ।

बुधबार प्रि–क्वाटरफाइनलका ८ खेल हुने भनिए पनि आयोजक बगर भाइखलक र मनाङ मस्र्याङ्दी भेट्रान्सबीचको खेल वर्षाका कारण रोकिएको प्रतियोगिताका रेफ्री प्राविधिक संयोजक खगेन्द्र गुरुङले बताए । पानीका कारण रोकिएको खेल बिहीबार बिहान हुने उनले जानकारी दिए । बिहीबार प्रि–क्वाटरफाइनलको १ र क्वाटरफाइनलका ४ खेल हुनेछन् । प्रतियोगितामा २८ टिमले भाग लिएका छन् । प्रतियोगिताको फाइनल २९ गते हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width