पोखरा । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिवार ह्विल चियर र दृष्टिविहीन महिला तथा पुरुष दौड भएको छ ।
ह्विल चियर पुरुषतर्फ सुरेश गौली प्रथम, भरत अधिकारी दोस्रो र भरतविक्रम बानियाँ तेस्रो भए । उनीहरुले क्रमशः नगद ७, ५ र ३ हजारसँगै मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
सोही स्पर्धाको महिलातर्फ अञ्जु बराल प्रथम, पवित्रा विक दोस्रो र धना मगर तेस्रो भइन् । दुवैतर्फ विजेताले क्रमशः ७, ५ र ३ हजार साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।
दृष्टिविहीन पुरुष दौडतर्फको उपाधि सुनिल रानामगरले हात पारे । उनले उपाधिसँगै नगद ७ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, प्रमोद दाहाल दोस्रो र प्रेम क्षेत्री तेस्रो हुँदै क्रमशः ५ हजार र ३ हजार प्राप्त गरे ।
महिला दृष्टिविहीन दौडतर्फ वीनिता पुन प्रथम भइन् भने माया गौतमले दोस्रो स्थान र सृजना परियार तेस्रो स्थान प्राप्त गरे । उनीहरुले ७, ५ र ३ हजार पुरस्कार प्राप्त गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् सदस्य सम्पन्न श्रेष्ठ, गैर आवासीय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले निर्णायकलाई झण्डा हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए ।
यसैबीच, पोखरा म्याराथनलाई युकेको बृहत् सामाजिक संस्था तमु धिं एसोसिएसन युकेले २ लाख ७० हजार सहयोग गरेको छ । संस्थाका कोषाध्यक्ष समाजसेवी कमल गुरुङले भूपू खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । संस्थाका लागि नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङले १५ हजार सहयोग गरेका हुन् । सो अवसरमा सहारा युकेका सल्लाहकार लालकाजी गुरुङ र घान्द्रुक समाज युकेका अध्यूक्ष अर्जुन गुरुङका सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१