३३३ औं समता काव्य सन्ध्या

आदर्श समाज सम्वाददाता
फागुन २, २०७७
333 samata program photo

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारमा समता काव्य सन्ध्याको ३३३ औं शृंखला भएको छ ।

कोभिड–१९ प्रभावबीचमा पनि पोयुसाले समता काव्य सन्ध्यालाई निरन्तरता दिँदै ११ ओटा शृंखला भर्चुअल रुपमा सम्पन्न गरिसकेको छ ।

कोरोना कहरपछिको पहिलो खुला शृंखलामा कवि लिली अधिकारी, ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, विष्णु अल्पविराम, दीपक समीप, जीवनसागर भण्डारी, प्रकाश ज्ञवाली, डा वसन्त गौतम, विष्णु बास्तोला, रुपिन्द्र प्रभावी, रीता अधिकारी, शिव त्रिपाठी, ध्रुव बराल, लोचना अधिकारी, प्रकाश आचार्य, चन्द्रावती वाग्ले, जनक दुलाल, वीरेन्द्र पौडेल लगायतले आफ्ना सिर्जना वाचन गरेका थिए ।

संस्थाका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष उपेन्द्र पौडेल र स्वागत परिवारका साहित्य संयोजक रीता अधिकारीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width