पोखरा । प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०७७ अन्तर्गत तेस्रो दिन बिहीबार एपिएफ, न्यु डायमन्ड र आर्मी विजयी भएका छन् । पोखरा रंगशालामा भएको महिलातर्फको खेलमा एपिएफ र न्यु डायमन्ड तथा पुरुषतर्फ आर्मी विजयी भएको छ ।
पहिलो खेलमा आर्मीलाई एपिएफले ३–२ को सेटमा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २५–१८ ले जितेको थियो । दोस्रो सेट एपिएफले २७–२५ र तेस्रो सेट २५–१७ ले जितेको हो । चौथो सेट भने आर्मीले २५–२० मा जित्यो । फाइनल सेट १५–७ एपिएफले जितेको हो ।
महिला तर्फको दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराएको हो । पहिलो सेट न्यु डायमन्डले २७–२५ ले हराएपनि दोस्रो सेट ३१–२९ ले पुलिसले जितेको थियो । तेस्रो र चौथो सेट न्यु डायमन्डले क्रमश २७–२५ र २५–१६ ले पराजित गरेको हो ।
शुक्रबार ३ खेल हुनेछ । पुरुष तर्फको पहिलो खेलमा गण्डकी प्रदेश र एपिएफ भिड्नेछ भने दोस्रो खेलमा नेपाल पुलिस क्लब र आर्मी क्लब बिच खेल हुनेछ । महिला तर्फ भने न्यु डायमन्ड र एपिएफ बिच खेल हुनेछ ।
पुरुष तर्फको खेलमा आर्मीले एपिएफलाई ३–० को सोझो सेटमा हराएको हो । आर्मीले एपिएफलाई २५–२१, २५–२३ र २५–१८ को सेटमा पराजित गरेको हो । आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान १ लाख ५० रुपैयाँ हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले ७५ हजार र तृतीयले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुपका महासचिव प्रकाश बरालले जानकारी दिएका छन् ।
यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिएका छन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१