बैतडी जिल्लाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बुधबार अपरान्ह बलात्कारपछि हत्या गरिएको घटनाले त्यस क्षेत्र वरपर डर, त्रास र आक्रोशको वातावरण सिर्जना गरेको छ । किशोर भट्ट स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनी आफ्नो पढाइ सकेर २ बजेतिर विद्यालयबाट घर फर्कने क्रममा बाटोमा पर्ने जंगलमा उनीमाथि आक्रमण भएको अनुमान गरिएको छ । उनको शव बिहीबार जंगलमा घिसारेर फालेको अवस्थामा भेटिएको थियो । उनी अर्धनग्न रहेकी र उनको शरीरमा धेरै चोट परेको दाग आदि भएको बताइएको छ । दिउँसो विद्यालयबाट फर्केकै बेलामा त्यस्तो घटना घटेबाट विद्याथीहरु त्रसित भएका छन् भने अन्य सर्वसाधारण मानिस आक्रोशित भएका छन् । स्थानीयले त्यहाँ जुलुस निकालेर अपराधी पत्ता लगाई कारवाही गर्न माग गरेका छन् ।
देशमा कतै बलात्कारपछि हत्या गरिएको घटनाले निर्मला पन्तको स्मरण गर्दछ । निर्मला पन्तको केशमा प्रहरी प्रशासनले धेरै जाँचबुझ गरेको जनाए तापनि अपराधीलाई पक्रन सकेको छैन । प्रहरीले सायद अझ पनि अनुसन्धान गरिरहेको हुनु पर्दछ । तर त्यसको परिणाम कहिले सार्वजनिक गरिएन । यो मामिलामा पनि त्यस्तै नहोस् भनेर स्थानीयले सरकारलाई सचेत र सजग पार्ने काम थालेका छन् । बैतडी जिल्लादेखि बाहिर पनि नारा जुलुस सुरु भएको छ ।
बैतडी घटनालाई गम्भीर रुपमा लिएर स्थानीय प्रहरी र प्रशासनका अधिकारीहरु तुरुन्त घटनास्थल पुगेका र तिनीहरुले राम्ररी स्थलगत निरीक्षण गरेका थिए । तिनीहरुले अनुसन्धानको क्रममा कुकुर पनि लगेका थिए । यी पंक्ति लेखिदासम्म प्रहरी अनुसन्धान कै क्रममा छन् र कसैलाई पक्रेको खबर छैन । स्थितिको गम्भीरतालाई ध्यानमा राखेर नेपाल कम्युनिस्ट पार्टी (दाहाल–नेपाल) पक्षले निश्पक्ष अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । त्यस्तै विघटित प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सरकारको ध्यान आकर्षित गरेका छन् । घटनाको भत्र्सना गर्दै उनले दोषी पहिचान गरी कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् । विभत्स किसिमले बलात्कार गरी हत्या गरिएको घटनाले सबैलाई स्तब्ध पारेको छ । घटनाको निश्पक्ष अनुसन्धान गरी दोषी पत्ता लगाउनु पर्दछ र त्यसलाई कडाभन्दा कडा कारवाही गर्नु पर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१