पोखरा, २२ माघ । पोखराका पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद्ले कोभिड –१९ का कारण संकटको अवस्था भोगिरहेको पर्यटन क्षेत्रमा फेरी बन्द हड्तालले थप जोखिम ल्याउने जनाउँदै कुनै पनि समुह वा राजनीतिक दलहरुलाई कुनै पनि बहानामा बन्द हड्ताल जस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।
कोभिड– १९ को कारण मुलुकले ठूलो आर्थिक क्षति भोगिरहेको वर्तमान अवस्थामा फेरी राजनीतिक अस्थिरता र बन्द हड्ताल जस्ता गतिविधिले थप जोखिम पार्ने उल्लेख गर्दै आन्दोलनको विकल्प खोजेर व्यवसायी मैत्री वातावरण सृजना गर्ने विज्ञप्ति मार्फत राजनीतिक दलहरुलाई आग्रह गरिएको हो ।
परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बन्द हड्तालका कारण प्रत्येक क्षेत्रका उद्यमी व्यवसायी र विषेश गरी दैनिक ज्यालादारीमा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर परेको छ । तसर्थ बन्द हड्ताल चक्काजाम लगायतका गतिविधि रोक्न परिषद् हार्दिक अपिल गर्दछ ।”
राजनैतिक दलहरुले देशको अर्थतन्त्र र सहज जीवयापनमा भूमिका खेल्दै नागरिक मैत्री, व्यवसायी मैत्री वातावरण सृजना गरेर अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्नुपर्नेमा कोभिड–१९ को महामारीका बीच विभिन्न खाले आन्दोलन, बन्द हड्तालले सम्पूर्ण सर्वसाधारण एवम् व्यवसायीलाई थप निराश बनाउँदै लगेको विज्ञप्तिमा उल्लेख छ ।
कोभिड –१९ का बीच पनि चलायमान बन्दै गएको पर्यटन क्षेत्र बन्द हड्ताल र विभिन्न आन्दोलनले थप नकारात्मक सन्देश जाने भएकाले यस विषयमा राजनैतिक दलहरुलाई गम्भिर रुपमा सोच्नसमेत आग्रह गरिएको छ ।
यसैबीच परिषद्ले विदेशी पर्यटकलाइ सात दिनबाट बढाएर १० दिन क्वारेन्टिनमा राख्ने नियमको पनि विरोध गरेको छ । देशमा विभिन्न आन्दोलन भइरहेको सन्दर्भ उल्लेख गर्दै कोभिडको असर विदेशी पर्यटकलाई मात्र किन भन्ने प्रश्न गरिएको छ । पटक पटक हुने बन्द हड्ताल र अव्यवहारिक नीति नियमले खर्बौको लगानी गरेका व्यवसायीमा निरासा छाएको जनाउँदै सहज र सरल वातावरणको लागि सरकार समक्ष आग्रह गरिएको छ ।
Related News
सम्बन्धित समाचार
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१