कविता प्रतियोगितामा सरिष्मा प्रथम

आदर्श समाज सम्वाददाता
माघ २२, २०७७
hemja poem compition

हेमजा । हेमजा साहित्य प्रतिष्ठानद्वारा सोमबार आयोजित विद्यालयस्तरीय कविता प्रतियोगितामा १५ प्रतियोगीलाई पछि पार्दै ज्ञानसागर एकेडेमीकी सरिष्मा बास्तोला प्रथम भएकी छन् ।

प्रतियोगितामा केफ माविकी प्रतीक्षा बास्तोला द्वितीय, हेमजा बोर्डिङ स्कुलकी अनिषा दाहाल तृतीय र केफ माविका विमल क्षेत्री साथै हेमजा बोडिङ स्कुलकी उषा गौतम सान्त्वना भए । टीकाराम बास्तोलाको स्मृति दिवसका अवसरमा देशप्रेम तथा मानवतावाद शीर्षकमा प्रतियोगिता भएको हो ।
कार्यक्रममा गौरीशंकर बहुमुखी क्याम्पस प्रमुख ओमबहादुर कुँवरले स्वर्गीय बास्तोला प्रतिभाशाली व्यक्तित्व भएको चर्चा गर्दै क्याम्पसको स्थापनामा समेत उनको महत्वपूर्ण भूमिका रहेको औंल्याए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि एवं टीकारामका सुपुत्र प्राडा दिनेश बास्तोलाले बुवाको स्मृतिमा कार्यक्रम गरिएकोमा आभार प्रकट गर्दै हेमजा साहित्य प्रतिष्ठानका गतिविधिमा परिवारको साथ रहिरहने प्रतिबद्घता जनाए ।

कार्यक्रममा गौरीशंकर क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवकृष्ण पौडेल, अधिवक्ता रमेश बास्तोला, नीलकण्ठ पौडेल, विष्णुप्रसाद पराजुली, माधवशरण बास्तोला लगायतले साहित्यको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रमका बीच गंगा त्रिपाठी, गोविन्दप्रसाद पराजुली र श्रेया सुनारले रचना वाचन गरे ।

८ विद्यालय विद्यार्थी सहभागी रहेको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमश नगद ४ हजार, ३ हजार, २ हजार र १ हजार, साथमा प्रमाणपत्र र विभिन्न पुस्तक पुरस्कार प्रदान गरियो । प्रतियोगितामा डा. जगन्नाथ रेग्मी, देवी त्रिपाठी र गोविन्दप्रसाद पराजुलीले निर्णयक थिए ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष छन्दमणि त्रिपाठीले स्वागत तथा सचिव वसन्त बास्तोलाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै