पाेखरा । सरकारले कक्षाा ११ मा लागु गरेको नयाँ पाठ्यक्रम विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा खारेज भएको छ । दुई दिन लगातार चलेको बहसपछि सर्वाेच्च अदालतले मंगलबार निर्देशनात्मक आदेश जारी गरेको छ ।
न्यायाधिसहरु तेज बहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले माग बमोजिम नहुने भन्दै निर्देशनात्मक आदेश जारी गरेको अदालतले जनाएको छ । यो आदेशसँगै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ कार्यान्वयनको बाटो खुलेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले बताए ।
’फैसलाको प्रति प्राप्त नगरे पनि अदालतले माग बमोजिम नहुने आदेश जारी गरे सँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ’ दाहालले भने ’कतिपय विद्यालयले त नयाँ नै पठनपाठन गरेका थिए, अब स्पष्ट भएर पठन पाठन अघि बढाउने बाटो खुल्यो ।’
तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि यसको विरोधमा अदालतमा मुद्दा दायर भए पछि कतिपय विद्यालयले सरकारी निर्देशन विपरित आफू खुसी पुरानै पाठ्यक्रम पठन पाठन गर्दै आएका थिए ।
प्रारुपले गणित विषयलाई अवमूल्यन गरेको भन्दै आन्दोलित गणित समाजको समर्थनमा भागवता अर्यालका नाममा मुद्दा हालिएको थियो । कक्षा १ र ११ मा लागू भएको नयाँ पाठ्यक्रमको उक्त मुद्दा लामो समय सम्म किनारा नलाग्दा विद्यार्थी अन्योलमा परेका थिए ।
उक्त मुद्दा साविकका निजी उच्च मावि सञ्चालकहरुको सहयोगमा दर्ता गरिएको भन्दै आलोचना भईरहेको थियो । यसै शैक्षिक सत्र देखि कक्षा ११ मा लागू गरिएको सामाजिक र जीवन उपयोगी शिक्षाका कारण थप शिक्षक र कक्षा सञ्चालन गर्नु पर्दा आफ्नो कमाई घट्ने निष्कर्षका साथ निजी विद्यालय सञ्चालकहरुले उक्त प्रारुपको विरोध गर्दै आएका थिए ।
नयाँ लागू गरिएको विषय पढाउन शिक्षक नभएको, पाठ्यपुस्तक नभएको जस्ता वहाना बनाउँदै निजी विद्यालय सञ्चालकहरुले पुरानै पाठ्यक्रम पढाउने लबिङ् गर्दै आएका थिए । त्यसैले यस अघि नै उक्त प्रारुपले गणितलाई अवमुल्यन गरेको भन्दै आन्दोलित गणित समाजलाई अघि सारेर उनीहरुले मुद्दा हाल्न लगाएको विश्लेषण हुँदै आएको छ ।
निजी विद्यालय सञ्चालकहरुले प्रधानमन्त्री मार्फत् दबाब दिएपछि तत्कालीन शिक्षा मन्त्री पोखरेलले २ वर्ष अघि नै कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पठन पाठन गर्ने निर्णय कार्यान्वयनबाट पछि हटेका थिए ।
यस पटक फेरी समाजको मागलाई हतियार बनाएर निजी विद्यालय सञ्चालकहरुले मुद्दा मामिला गरे पछि विद्यार्थी मर्कामा परेका थिए ।
निजी विद्यालय सञ्चालकको स्वार्थको कारण उब्जेको यो मुद्दा उनीहरुको सत्ताधारी दलसँगको सम्बन्धका कारण थप पेचिलो हुँदै आएको थियो । सत्ताधारी दल भित्रको शक्ति संघर्षका कारण निजी विद्यालय सञ्चालकहरु तत्कालिन शिक्षा मन्त्रीलाई बाईपास गरेर प्रधानमन्त्री केपी ओली मार्फत् दवाव बढाउँदै आएका थिए । तर शिक्षाविद्हरुले निजीको स्वार्थ अदालतले बुझ्ने अपेक्षा गरेको बताउँदै आएका थिए ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१