दमौली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले संसद विघटन प्रधानमन्त्रीको बाध्यता रहेको दाबी गरेका छन् ।
नेकपा तनहुँले सोमबार दमौलीमा आयोजना गरेको जिल्लास्तरीय भेलालाई सम्बोधन गदै मन्त्री रायमाझीले प्रधानमन्त्रीले कस्तो बाध्यतामा संसद विघटन गरेका हुन् सो कुरा खोज्न जरुरी रहेको बताए ।
उनले भने, ‘सबै जना संसद विघटन असंवैधानिक भन्दै लागेका छन् । कसैले पनि यो खोजेन कि विघटन गर्नुको कारण के हो ?’ उनले पदको लोभले पार्टी विभाजन गरी प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव दर्ता गर्ने सोच राखेको भए पनि त्यो असफल बनेको बताए ।
उनले भने, ‘अविश्वासको प्रस्ताव प्रतिपक्षले दर्ता गरे जायज मानिन्छ । सरकारमै रहेको पार्टीले आप्mनै नेतालाई प्रतिपक्षसँग मिलेर अविश्वासको प्रस्ताव गर्नु नैतिक दृष्टिकोण राम्रो मानिँदैन ।’ देशमा संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन संसद विघटन गरिएको तर यो असंवैधानिक कदम नरहेको जिकिर गर्दै सम्भावित खतराबाट देश बचाउन उपयुक्त कदम चालिएको दाबी गरे ।
उनले राजतन्त्रको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वर्ष जेलजीवन बिताएको हुँनाले राजावादी नेता नभई गणतन्त्रवादी नेता रहेको समेत दाबी गरे ।
गण्डकी प्रदेश मुख्यमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले संस्थाभित्रकै व्यक्तिले साथ नदिएको कारण संसद विघटन गर्नुपर्ने अवस्था आएको बताए । उनले पार्टीको संस्थापक व्यक्ति ओली रहेको बताउँदै सूर्य चिह्न आफ्नै हुने दाबी समेत गरे ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्रको मर्म नबुझेका कारण मध्यावधि निर्वाचनको विरोध भइरहेको बताए ।
पार्टीका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री ओली मिचिएको जमिन फिर्र्र्ता ल्याउने अभियानमा लागेको हुँदा उनीमाथि षड्यन्त्र भएको जिकीर गरे ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१