दमौली । १ लाख ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँबाट एक जना सब इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।
आयोगको पोखरा कार्यालयले भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) तनहँुमा कार्यरत सब– इन्जिनियर सुरेन्द्र अधिकारीलाई नियन्त्रणमा लिएको हो ।
आयोगको पोखरा कार्यालयका प्रवक्ता प्रवक्ता मेघनाथ रिजालले विद्यालयको शौचालयको निर्माण सम्पन्न गरेको विवरण बनाएवापत सबइन्जिनियर अधिकारीले सेवाग्राहीबाट घुस मागेको बताए ।
सब इन्जिनियर अधिकारीले भानु –५ मैबलको सरस्वती माध्यमिक विद्यालयमा १४लाख ६९ हजारमा निर्माण गरिएको शौचालयको योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिलाए वापत घुस मागेका थिए ।
विद्यालयका अधिकारीहरुले अख्तियारमा उजुरी दिए पछि पोखराबाट आएको टोलीले व्यास ३ मालपोत लाइनको भीरकोट रेस्टुरेन्टमा नगद दिनासाथ नियन्त्रणमा लिएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१