लेखनाथ । पोखरा महानगरपालिको लेखनाथ क्षेत्रका ५ वडामा ‘एक घर, एक धारा’ मार्फत चौविसै घन्टा खानेपानी पुर्याइने भएको छ ।
लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सञ्चालन गरिरहेको लेखनाथ सहलगानी खानेपानी आयोजनामार्फत वडा नम्बर २६, २७, २९, ३० र ३२ का प्रत्येक घरमा खानेपानीको धारा पुर्याइने र पानी अभाव हुन नदिन नेपाल सरकार र संस्थाको लगानीमा स्रोत वृद्धि गर्न लागिएको संस्थाले जनाएको छ ।
विसं २०५८ मा स्थापना भएको संस्थाले १३ हजार धारा जडान गरी लेखनाथ क्षेत्रका १ लाख ५० हजार नागरिकलाई पानी वितरण गर्दै आएको छ । सबै उपभोक्ताको घरमा पर्याप्त पानी पुर्याउनका लागि आयोजनाले हाल पोखरा महानगरपालिका–२० र मादी गाउँपालिका–७ को सीमा गिउँजे खोलाबाट आइरहेको पानीको क्षमता तेब्बर बढाउने योजना अघि बढाएको संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले बताए ।
गिउँजेसहित लेखनाथका अन्य ६ ठाउँबाट बोरिङ गरेर आयोजनाले दैनिक झन्डै १० हजार घनमिटर पानी लेखनाथवासीलाई वितरण गर्ने गरेको अध्यक्ष बरालले बताए । बोरिङको पानी उत्पादन महङ्गो पर्ने भएकाले समेत बगेको पानीको क्षमता र स्रोत वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिइएको हो । उक्त आयोजनाका लागि १ अर्ब लगानी हुने प्रारम्भिक अनुमान छ ।
यसैबीच संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार भएको छ । कार्यक्रममा नेकपा नेता एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरे । नेता अधिकारीले विकासको आधार भनेको खानेपानी भएकाले यसको दीर्घकालीन विकासका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । ‘राजनीति पद र प्रतिष्ठाको हो तर खानेपानी जीवनका लागि भएकाले कोही कसैको पनि मुहानमा अवरोध सिर्जना गर्ने बिछ्याएका पाइप भत्काउने तथा पाइपलाइन नै गाड्न नदिने सोच अन्त्य हुनुपर्छ,’ अधिकारीले भने ।
गण्डकी प्रदेशसभा विकास समिति सभापति दीपक कोइरालाले राजनीतिक समीकरण फरक पाटो भए पनि विकास निर्माणका सवालमा सबै दल एक ठाउँमा उभिनुपर्ने बताए ।
नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसीले दल विशेष व्यक्तिलाई चाहिए पनि पानी सबैलाई चाहिने भएकाले जसरी बगेको पानी शुद्ध हुन्छ, त्यसैगरी विकास निर्माणका क्षेत्रमा शुद्ध भावनाले अगाडि बढ्न सबैलाई आग्रह गरे ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता राजन्द्रमणि लामिछाने, पोखरा ३० का वडाध्यक्ष श्रीराम पोखरेल, संस्थाका निवर्तमान अध्यक्ष बोधराज लामिछाने, गण्डकी प्रदेश खानेपानी विभागका डिई पुण्यप्रसाद पौडेल, बागलुङ नगर खानेपानीका अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले बोलेका थिए ।
संस्थाका सचिव मुरारी शर्माले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन कोषाध्यक्ष रक्षा भट्टराईले गरेकी थिइन् ।
संस्थागत विकासमा सहयोग पु¥याएकोमा प्रशासनतर्फ विश्वराज भण्डारी, जुनियर इन्जिनियर रमेश गिरी, स्टोरकिपर सूर्यनाथ पौडेल, सहायक प्लम्बर रनबहादुर गुरुङ, उपभोेक्तातर्फबाट नारायण थापा, डिलबहादुर केसीलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१