वेद विद्याश्रमलाई लायन्रसकाे सहयोग

आदर्श समाज संवाददाता
पौष ४, २०७७
chisakhola

पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रममा लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीका अध्यक्ष राजेश शिल्पकारको सौजन्यमा वेद विद्याश्रम प्रवेश गर्ने प्रवेशद्वार र सिंढी बाटोको रेलिङ् दान सहयोग हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा लायन लिडर सुचित्रा थापाले वैदिक धर्म संस्कृतिमा वेद विद्याश्रमले खोलेको भूमिकाको प्रशंसा गर्दै धर्म संस्कृतिको संरक्षणमा लायन्स क्लबको कदमको प्रशंसा गरिन् ।
रिजन चियर पर्सन लायन वासुदेव कोइरालाले सामाजिक उत्तरदायित्वमा बालबालिकाको विकासकालागि र सनातन संस्कार संरक्षणमा लागिपरेको वेद विद्याश्रमलाई आगामि दिनमा पनि आफ्नो र क्लबको तर्फबाट सहयोग दिने वचन दिए ।

जोन चियर पर्सन लायन चेतन कार्कीले क्लबका अध्यक्ष राजेश शिल्पकारले गरेको सहयोगको प्रशंसा गर्दै पारिवारिक व्यावसायिक समसामयिक विषयमा आगामी वर्षमा पनि कार्यक्रम लिएर आउने प्रतिबद्धता व्यक्त गरे ।

क्लबका अध्यक्ष राजेश शिल्पकारले ऐतिहासिक तपोभूमि वेद विद्याश्रमलाई आगामी दिनमा शैक्षिक भौतिक विकासमा सहयोग जुटाउन हरतरहबाट लागि पर्ने वचन दिए ।
वेद विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले आश्रमको गतिविधि माथि प्रकाश पार्दै, दाताहरुलाई धन्यवाद दिए ।

क्लबका सचिव अर्जुन पौडेलले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक प्रदिप सुवेदी, द्वित्तीय उपाध्यक्ष, सुमनराज ढकाल, शिव पौडेल, मनोज खड्का तथा विद्याश्रमका तर्फबाट विव्यस अध्यक्ष मणिरत्न अधिकारी, सल्लाहकार लक्ष्मीराज शर्मा, प्रअ श्रीराम तिमिल्सिना लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…

hero news full width

Recent Posts

भर्खरै