होमस्टेमा चल्ला वितरण

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७७
Challa 1

वालिङ । वालिङ नगरपालिकाले नगरका ८ वटा होमस्टेलाई कुखुराका चल्ला वितरण गरेको छ ।

नगरपालिकाले ‘होमस्टे कुखुरापालन समूह’ गठन गरी सोही समूहलाई ‘कुखुरा विकास कार्यक्रम’ अन्तर्गत प्रतिसमूह ६ सय वटा चल्ला वितरण गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् ।

‘होमस्टे आउने पाहुनालाई स्थानीय तथा अर्गानिक स्वाद दिन स्थानीय जातका कुखुरापालनमा जोड दिने उद्देश्यले होमस्टेलाई निःशुल्क कुखुराका चल्ला वितरण गरेका हौं,’ उपप्रमुख तिवारीले भनिन्, ‘कुखुराका लागि आवश्यक पहिलो चरणको दानासमेत उपलब्ध गराएका छौं ।’

नगरपालिकाले उपलब्ध गराएको चल्ला राम्रोसँग रेखदेख गरी व्यावसायिक लाभ लिन र होमस्टेको आर्थिक स्तरोन्नतितर्फ अग्रसर हुँदै जान सो अभियानले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।

वालिङको देउराली महिला कुखुरापालन समूह, वनकट्टा होमस्टे महिला कुखुरापालन समूह, लङ्काकोट होमस्टे महिला कुखुरापालन समूह, दाङसिङ होमस्टे महिला कुखुरापालन समूह, बझाकोट होमस्टे महिला कुखुरापालन समूह, कोखे होमस्टे महिला कुखुरापालन समूह र त्रिकन्या होमस्टे महिला कुखुरापालन समूहलाई प्रतिसमूह ६ सय वटाका दरले कुखुराका चल्ला वितरण गरिएको पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले बताइन् ।

नगरका विभिन्न वडामा क्रियाशील रहेका होमस्टेमा आबद्ध करिब ३० घरपरिवारले कुखुरा भाग लगाएर आ–आफ्नो घर घरमा पाल्ने शाखा प्रमुख श्रेष्ठले बताइन् ।

पहिलो चरणमा ८ होमस्टेलाई ४ हजार ८ सय कुखुराका चल्ला वितरण गरिएको र अब केही दिनमा बाँकी रहेका राम्चे बुढाकोट होमस्टे र सुन्तलाबारी सामुदायिक होमस्टे होमस्टेलाई ६ सय कुखुराका चल्ला वितरण गरिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width