विद्युतीय शवदाहगृह निर्माणमा अवरोध

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७७
photo

हेमजा । पोखरामा विद्युतीय शवदाहगृह निर्माणमा स्थानीयले अवरोध गरेका छन्।

रामघाटस्थित बौद्घ अघौं सदनको दक्षिण पूर्व क्षेत्रमा निर्माण गर्न लागिएको शवदाहगृह निर्माणपछि विभिन्न प्रतिकूलता आउने भन्दै स्थानीय बुद्घचोक वातावरण सुधार समितिले सोको विरोध गरेको हो।

समितिले सहरको बीच भागमा शवदाहगृह निर्माण गर्न खोज्नु दुभाग्यपूर्ण भएको जनाएको छ।

वातावरण सुधार समितिकी अध्यक्ष सम्झना अधिकारीले कुनै पनि हातलमा रामघाटमा विद्युतीय शवदाहगृह बन्न नदिने जिकिर गरिन्।

विवाद समाधानका लागि पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ।

महानगरपालिकाले स्थानीयको आवाज अस्वभाविक भएको ठहर गर्दै वार्ता र संवादमार्फत निकास निकाल्न आग्रह गरेको पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङले बताए।

गत २०७६ भदौ २३ देखि सुरु उक्त आयोजना २ वर्षभित्र सम्पन्न हुनुपर्नेमा गत माघबाटै स्थानीयले विरोध गर्दै आएका छन्। जसकारण निर्माण पूर्ण रुपमा प्रभावित बनेको छ। हालसम्म १० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन।

कुल १७ करोड ६ लाख ७७ हजार रुपैयाँ लागतमा सो निर्माणको जिम्मा काठमाडौं कुलेश्वरस्थित सिनर्जी बिल्डर्स प्रालिले पाएको थियो।

शवदाहगृह निर्माण रोक्नुपर्ने मागसहित उच्च अदालत पोखरा र सर्वोच्च अदालतमामा रिट परेको थियो। उच्चले निर्माणमा कुनै अवरोध नगर्न आदेश दिए पनि सर्वोच्चको मुद्दा किनारा लाग्न बाँकी छ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width