पर्सा, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साका नेता कार्यकर्ताले बुधवार पर्सामा प्रदर्शन गरेका छन् । नेकपा पर्सा, विन्दवासनी गाउँ कमिटीका सचिव मुकेश चौरसियाका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।
नेकपा पर्साको आयोजनामा मुरलीबगैँचास्थित रातोबङ्गला अगाडिबाट निकालिएको विरोध जुलूसले नगरका विभिन्न भाग परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर चौरसियाको हत्यारालाई कारवाहीको माग गर्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेकपा विन्दवासनी गाउँपालिका अध्यक्ष विक्रम चौरसियाले प्रजिअ आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई पाँचबुदे मागसहितको ज्ञापनपत्र बुझाए। अध्यक्ष चौरसियाले बुझाएको ज्ञापनपत्रमा चौरसियाको परिवारले दिएको किटानी जाहेरी दर्ता गरी दोषीलाई कारवाही गर्नुपर्ने, चौरसियालाई शहीद घोषणा गरी आश्रित परिवारलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, झडपमा परी घाइते भएकाको निःशुल्क उपचार गर्नुपर्ने र पीडित परिवारले दिएको किटानी जाहेरी दर्ता नगर्ने प्रहरी अधिकारीलाई कारवाहीको माग गरिएको छ ।
परिवारले दिएको किटानी जाहेरी दर्ता नभएसम्म चौरसियाको शव नबुझ्ने अडानका कारण पाँच दिनदेखि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
नेकपा विन्दवासनी गाउँपालिकास्तरीय कमिटी विस्तारका क्रममा आसन ग्रहण गराउने विषयमा भएको कुटाकुटमा परी गम्भीर घाइते हुनुभएका चौरसियाको यही कात्तिक ७ गते मृत्यु भएको थियो। चौरसिया हत्याको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह
एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१