पहिराबाट पूर्वाधारमा २६ करोड क्षति

रासस
कार्तिक ४, २०७७
Dhaulagiri

बेनी, ४ कात्तिक । म्याग्दीको धौलागिरि गाउँपालिकामा यस वर्षको वर्षात्को कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते वर्षात्सँगै आएको पहिरोका कारण निजी आवास, विद्यालय, सडक, खानेपानी, विद्युत्लगायत क्षेत्रमा पुर्‍याएको क्षतिको पुनःनिर्माण गर्न रु २६ करोड बढी बजेट आवश्यक पर्ने देखिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए ।

गाउँपालिकाले प्राविधिक टोली खटाएर पहिरो र बाढीले पु¥याएको क्षतिको विवरण र तथ्याङ्क सङ्कलन गरेको हो । पहिरो पीडितको पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश र सङ्घ सरकारसँग आवश्यक पहल गरिएको गाउँपालिकाले जनाएको छ । गत असारको पहिरोले मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए ।

पहिरोले वडा नम्बर ७ धारापानीको किसानी माविमा भवन भत्कन थालेकाले सो विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा पूर्णरुपमा घरबारविहीन भएकाको आवास पुनःनिर्माण गरिने र जोखिम र जीर्ण बनेका घरको समेत मर्मत र आवश्यकताअनुसार पुनःनिर्माणमा सघाउने योजना बनाएको अध्यक्ष पुनले बताए । ‘विनाशकारी पहिरोले ठूलो क्षति पु¥याएको छ, अब आवास पुनःनिर्माणमा अघि बढ्छौँ, हिउँदभरमा सबै घरबारविहीन भएकालाई सुरक्षित आवासको प्रबन्ध गर्ने हाम्रो योजना छ’, अध्यक्ष पुनले भने ।

धौलागिरिको वडा नं ६ मराङमा २४, वडा न ७ ताकम, धारापानीमा ३१ र ५ वडा मल्कबाङमा ५ घर गरी कूल ६० घर पहिरोले पूर्णरुपमा क्षति भएको छ । गाउँपालिकाले ताकम, धारापानी र मल्कबाङमा सुकुम्बासीबाहेकका पीडित परिवारको हकमा उनीहरुकै जग्गामा आवास पुनःनिर्माण गर्ने र मराङका पहिरो पीडितको लागि भने एकीकृत बस्ती बनाउने अवधारणा अघि सारेको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

भूगर्भविद्को टोलीबाट अध्ययनका लागि प्रदेश सरकारलाई पत्राचार गरिएको र अध्ययन र विस्तृत अध्ययन प्रतिवेदनका आधारमा पुनःनिर्माणलाई अघि बढाउने गाउँपालिकाको तयारी रहेको प्रवक्ता झकबहादुर छन्त्यालले बताए । हालै सम्पन्न विशेष गाउँसभाबाट गाउँपालिकाले आवास पुनःनिर्माणका लागि रु ४९ लाख ७३ हजार बजेट विनियोजन गरेको छ भने प्रकोप व्यवस्थापन कोषमा रु ५० लाख छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिए ।

प्रदेश र सङ्घ सरकार तथा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना), विभिन्न सहयोगदातासँग समन्वय गरी घरबारविहीन भएकाको आवास पुनःनिर्माण गर्न जुटेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ । गाउँपालिकाले पहिरो पीडितको सहयोगदार्थ सञ्चालन गरेको सहयोग सङ्कलन अभियानअन्तर्गत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट रु आठ लाख र सहयोगदाताबाट रु ४२ लाख सहयोग जुटेको छ ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width