पोखरा,२४ असोज । चारभञ्ज्याङ तमु समाज पोखराको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । नयाँबजारस्थितसमाज भवनमा आवाश्यक सुरक्षा प्रबन्धका साथ साधारणसभा सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी राजकुमार तमुले दीप प्रज्वलन गर्दै उद्घाटन गरे । साधारणसभामा सचिव माओत्सेतुङ तमुले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष क्या.ठाकुरप्रसाद तमुद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र आमा समितिकी कोषाध्यक्ष बेलकुमारी तमुले प्रस्तुत गरेको आमा समितिको प्रतिवेदन पारित गरिएको थियो ।
प्रमुख अतिथि तमुले शुभकामना व्यक्त गर्दै तमुहरुको एकता, क्रियाशिलता र मौलिकता संरक्षण, सम्वद्र्धनका लागि चारभञ्ज्याङ तमु समाज पोखरा सक्रियताका साथ जुटेकोमा प्रसंशा गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार पुरनध्वज तमुले समाज स्थापनाको १७ वर्षे विकासक्रम हेर्दा आफु अत्यन्तै खुसी भएको बताए । समाज हरेक क्षेत्रमा उत्कृष्ठ बन्दै सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्र लगायतमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उनले बताए ।
समाजका अध्यक्ष प्रदीपकुमार तमुको अध्यक्षतामा भएको चारभञ्ज्याङ तमु समाज आइसिसि अध्यक्ष एवम् बौद्ध अर्घौ सदन उपाध्यक्ष क्या.चन्द्रप्रसाद तमु, तमु धिं नेपालका भरखरै निर्वाचित अध्यक्ष हुमबहादुर तमुले शुभकामना व्यक्त गरेका थिए भने प्रथम उपाध्यक्ष क्या.टेकबहादुर तमुले स्वागत र सचिव माओत्सेतुङ तमुले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१