बन्यजन्तुको आखेटोपहारसहित एक पक्राउ

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७७
Police

पोखरा, ७ असोज । जिल्ला प्रहरी कार्यलय कास्कीले बन्यजन्तुको आखेटोपहार अवैध ओसारपोसारमा संलग्न एकजनालाई पक्राउ गरेको छ । मंगलबार शिसुवाबाट पोखरा–३१ बनपोखरी जाँदै गर्दा मोटरसाईकल सहित धादिङका २८ वर्षीय सन्तोष लामिछानेलाई पक्राउ गरिउको हो ।

उनको साथबाट जेब्रा झोलामा लुकाई राखेको अवस्थामा अबैध बाघको छाला र सालकको खपेटा एक/एक थान, तीन केजी ७५० ग्राम बन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पंजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width