वुल्भसमाथि रोमाञ्चक जित निकाल्दै सिटीको विजयी शुरुवात

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७७
Mancester City

तस्बीर साभार : स्पोर्ट्स किदा डट कम

पोखरा । म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

दोस्रो हाफमा वुल्भ्सको पुनरागमन रोक्दै सिटीले जित हात पारेको हो । व्वार्डिओलाको सिटीले वुल्भ्सलाई ३–१ गोलअन्तरले हरायो ।

खेलको पहिलो हाफमा सिटीले उत्कृष्ट प्रदर्शन गरेको थियो । केभिन डि ब्रुयनाले खेलको २० औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सिटीलाई अग्रता दिलाए । फिल फोडेनले ३२ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।

तस्बीर साभार : ताइवान न्यूज डट कम टी डब्ल्यू

तर, दोस्रो हाफमा सिटी फितलो देखियो र खेलमा वुल्भ्स हावी भयो । गत सिजन २७ गोल गरेका राउल जिमिनेजले खेलको ७८ औँ मिनेटमा गोल गर्दै वुल्भ्सलाई खेलमा फर्काउने प्रयास गरे ।

तर, गत सिजन सिटीविरुद्ध २–० ले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जित हासिल गरेको वुल्भ्सले यो सिजन भने त्यसलाई कायम राख्न सकेन । खेलको इन्जुरी समयमा ग्याब्रियल जिससले गोल गर्दै सिटीको जित सुनिश्चित गरे । यो सँगै सिटी प्रिमियर लिगको लगातार १० शुरुवाती खेल जित्ने पहिलो टोली बनेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै