नयाँदिल्ली, ४ असोज । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६०५ पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ५४ लाखभन्दा बढी पुगेको छ ।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३३ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख १० हजार ८२४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । भारतमा सङ्क्रमित मध्ये ४३ लाख ३ हजार ४४ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ६२० जना सङ्क्रमित भएका हुन् ।
प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख एक हजार २७३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सक्रिय सङ्क्रमितहरु छन् ।
त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना सङ्क्रमितहरु अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन् ।
भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१