राखेप सदस्य–सचिव सिलवाल र एन्फा अध्यक्ष शेर्पाबीच छलफल

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७७
Training Football

पोखरा । राष्ट्रिय खेलकुद परिषद सदस्य–सचिव रमेशकुमार सिलवाल र अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाबीच नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणबारे छलफल भएको छ ।

छलफलपछि, सदस्य–सचिव सिलवालले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणका लागि कार्यविधि बनाउन निर्देशन दिएका छन् ।

एन्फाले पछिल्लो समय फिफा विश्वकप २०२२, एएफसी एसियन कप २०२३ को छनोटदेखि मैत्रीपूर्ण फुटबल खेलका लागि खेलाडी प्रशिक्षणका लागि वातावरण मिलाइदिन एन्फाले राखेपसमक्ष आग्रह गरेको थियो । राष्ट्रिय खेलाडीको प्रशिक्षण अभ्यास शुरु गर्न सरकार समक्ष प्रस्ताव लैजान एन्फाले राखेपसंग आग्रह समेत गरेको थियो ।

एन्फाको आग्रहपछि सदस्य–सचिव सिलवालले एन्फा अध्यक्ष शेर्पालाई कार्यविधि बनाउन निर्देशन दिएका हुन् । छलफलमा सदस्य–सचिव सिलवालले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र फिफाको स्वास्थ्य प्रोटोकल बमोजिम कार्यविधि बनाएर ल्याउन एन्फा अध्यक्ष शेर्पालाई निर्देशन दिएका हुन् ।

मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेश, कतार, मंगोलिया लगायत ५ वटा देशहरुको प्रस्ताव गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न देशहरुले नेपाललाई मैत्रीपूर्ण फुटबलका लागि निमन्त्रण दिइरहेको उल्लेख गरेको छ ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियनकप २०२३ अन्तरगत घरेलु मैदानमा हुने तय भएको खेलका लागि साउनमा एन्फाले अभ्यास शुरु गर्ने तयारी गरेको थियो ।

तर, नेपालमा कोरोना भाइरसको संक्रमण अप्रत्याशित रुपमा बढेपछि अन्तिम समयमा अभ्यास स्थगित गरिएको थियो ।

अहिले राष्ट्रिय टोलीका खेलाडीहरु आ–आफ्नो घरमा बसिरहेका छन् । दक्षिण एसियाली क्षेत्रमा खेलकुद लगभग ठप्प भएको ६ महिनाभन्दा बढी समय भइसकेको छ ।

भुटान, भारत लगायत देशहरुमा घरेलु फुटबल सुरु भइसकेका छन् । नेपालमा भने चैत्र महिनामा चलिरहेको सहिद स्मारक बी डिभिजन लिगलाई पनि कोरोनाकै कारण स्थगित गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width