पोखरा । आर्सनलले १६ औं पटक कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ ।
वेम्बली स्टेडियममा शनिबार राति भएको फाइनलमा पेनाल्टी शूट–आउटमा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई ५–४ गोलले हराउँदै आर्सनलले उपाधि जितेको हो । यो जितसँगै आर्सनलले १६ औं पटक कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको हो ।
निर्धारित समयको खेल १/१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी शूट–आउटसम्म पुगेको थियो । पेनाल्टीमा भने आर्सनलले बाजी मार्न सफल बन्यो ।
खेलमा सुरुवाती अग्रता भने आर्सनलले लिएको थियो । खेलको १२ औं मिनेटमा आबुमियाङको गोलबाट आर्सनलले अग्रता लिएको थियो । आर्सनलले सुरुवाती अग्रता जोगाउन नसक्दा खेल पेनाल्टीमा पुगेको हो । खेलको ७३ औं मिनेटमा लिभरपुलका मिनामिनोले बराबरी गोल गरे ।
त्यसपछि, पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरे ।
त्यस्तै, लिभरपुलका मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे । लिभरपुलका रिहन ब्रेउस्टर पेनाल्टीमा गोल गर्न असफल बने ।
प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनल खेल्ने गर्छन् ।
Related News
सम्बन्धित समाचार
स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वर्ष खेलाडीको चर्चा
पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१