खराने युवा क्लबको रक्तदान

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०७७
Blood

लेखनाथ । कोरोना भाइरस (कोभिड–१९) प्रभावसँगै जारी निषेधाज्ञाले रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव हुन थालेको छ । सोको केही भए पनि पूर्तिका लागि पोखरा २६ को खराने युवा क्लबले विहीवार रक्तदान कार्यक्रम ग¥यो । आकस्मिक सो रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।

रगतको अभावले अन्य प्रकृतिका बिरामीको उपचारमा समस्या देखापरेपछि नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग र खराने युवा क्लबको आयोजनमा सो कार्यक्रम भएको हो ।

क्लबका सल्लाहकार तथा खास्टेताल मत्स्य तथा कृषि सहकारी सस्थाका अध्यक्ष हरिप्रसाद अधिकारीले पहिलो रक्तदाता क्लबका अध्यक्ष सुविन तिमिल्सिनालाई ब्लडब्याग हस्तान्तरण गरी सुरु भएको रक्तदानमा पहिलो पटक रक्तदान गर्नेहरुको संख्या बढी रहेको थियो ।

आगामी दिनमा क्लबले वार्षिक क्यालेण्डर नै बनाएर रक्तदान कार्यक्रम राख्ने सचिव सञ्जयराज तिमिल्सिनाले जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width