जरोटुप्पोद्वारा राष्ट्रकविको निधनप्रति समवेदना

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७७
madhav ghimire

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले राष्ट्रकवि माधव घिमिरेको निधनपछि गहिरो समवेदना व्यक्त गरेको छ ।

संघका महासचिव मदन भण्डारीद्वारा जारी विज्ञप्तिमा– मान्छेलाई मान्छेको आकार ग्रहण गर्न बोध गराउने एउटा विभूतिको निधनले वाङ्मयको क्षेत्रलाई अपूरणीय क्षति र हाम्रो संस्थालाई मर्माहत तुल्याएको छ भनिएको छ ।

विज्ञप्तिमा– घिमिरे कारुणिकताका कवि भएकाले उक्त सत्य बोध गर्न सकिए समाजमा यौनाचार र पापाचार घट्ने जनाइएको छ ।

साथै बाँचुञ्जेल घिमिरेको खोइरो खन्नेले गोेहीको आँसु झारेर जनतालाई रणभुल्ल पार्नुको साट्टो उनका सिर्जनाको सामथ्र्य बुझेर आफ्नो जीवनमा अनुशरण गर्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विज्ञप्तिमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width