९ दिनदेखि बेपत्ता

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७७
giridhari dawadi

पोखरा । मादी–९, मुँग्रीवसी घर भइ पोखरा–२९ भण्ढारढिक आदर्शचोक बस्ने ६६ वर्षीय गिरीधारी दवाडी हराएको ९ दिनसम्म फेला परेका छैनन् । उनी फेला नपरेपछि परिवार सदस्यमा चिन्ता थपिएको छ ।

साउन ८ गते बिहान ४ बजेदेखि परिवार एवं आफन्तको सम्पर्कमा नरहेका दवाडीको खोजी जारी राखिए पनि हालसम्म कुनै जानकारी पाउन नसकिएको उनका छोरा सुरेन्द्रले बताए ।

परिवार एवम् आफन्तजनको सम्पर्कमा नआएपछि प्रहरीमा सोही दिन खबर गर्नुका साथै सम्भाव्य स्थानमा खोजी जारी राखिएको उनले बताए । यदि कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९८०६५३८६९१ मा खबर गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै