धनकुटा । अविरल वर्षाले पहिरो जाँदा धनकुटामा एक दर्जन उद्योगलाई क्षति पुगेको, दर्जनौं पसल तथा १ सय २७ जना व्यवसायीहरुको घर जोखिममा परेको भन्दै तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग धनकुटा उद्योग बाणिज्य संघले माग गरेको छ ।
संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्य रेजिना पखिले लगायतका सदस्यहरु र कार्यालय सचिव सिचन प्रधान सहितको टोलीले धनकुटा बजारको पहिरोबाट क्षति पुर्याएको क्षेत्रहरुको स्थलगत रुपमा अनुगमन गर्दा एक दर्जन वटा उद्योगहरुलाई क्षति पुगेको र दर्जनौं पसल र १ सय २७ जना व्यवसायीहरुको घर जोखिममा परेको जनाएको छ । संघले क्षति भएका उद्योग र व्यवसायीहरुलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हो ।
पहिरोबाट पशुपति ग्रिल उद्योग धनकुटा, मिलन फर्निचर उद्योग धनकुटालाई क्षति पुगेको र निशान ग्रिल उद्योग धनकुटा र कविता फलफूल प्रशोधन उद्योग, प्रकृति फूड प्रडक्सन उद्योग लगायत धनकुटा जिल्लाको एक दर्जनधन्दा बढी उद्योगहरु जोखिममा परेको र वरिष्ठ साहित्यकार तुलसी दिवसको धनकुटा वडा ६ स्थित सिरान बजारको घर फर्किएर जोखिम परेको र धनकुटा, हिले, पाख्रिबास, सिधुवा, सागुरीगढी, पाख्रिवास, शहीदभूमि, चौबिसे, छथरजोरपाटी, महालक्ष्मी नगरपालिका र धनकुटा बजार क्षेत्रका १ सय २७ जना व्यवसायीहरुको घरहरु पहिरोबाट जोखिममा परेको संघका अध्यक्ष राईले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१