बाढीपहिरो पीडितलाई राहत

तोलाकान्त बगाले
श्रावण १३, २०७७
Rahat 1

वालिङ । लायन्स क्लबले वालिङका बाढी पहिरोपीडित परिवारलाई राहत उपलब्ध गराएको छ । लायन्स क्लब ३२५ बी १ क्लस्टर २७ को सहयोग र लायन्स क्लब अफ वालिङ सिटी, लायन्स क्लब अफ वालिङ ग्रिन होम, लियो क्लब अफ वालिङ सिटीको संयुक्त आयोजनामा वालिङ नगरपालिकाभित्रका बाढीपहिरो प्रभावितहरुलाई हस्तान्तरण गरिएको हो ।

लायन्स क्लबले वालिङ नगरपालिकालाई ५० थान त्रिपाल, २५ केजीको ३२ बोरा चामल सोमबार हस्तान्तरण गरेको हो ।

वालिङ १३, कुसुण्डेमा रहेको ३२ घर परिवारलाई ३० थान त्रिपाल र १५ बोरा चामल हस्तान्तरण गरिएको छ ।

वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बाढी पहिरो प्रभावित वालिङका नागरिकलाई भोजन तथा आवासको अभाव हुन नदिने बताए ।

“नगरका विभिन्न बस्तीमा रहेका वास्तविक बाढी पहिरो प्रभावितको पहिचान गरी के कस्तो सहयोग आवश्यक पर्छ सोही अनुसार उपलब्ध गराउँछौं” नगर प्रमुख खाँणले भने, “वर्षायामको समयमा बाढी पहिरो जस्ता विपत्तिहरु आउने हुनाले सतर्क रहन पनि नागरिकहरुलाई आग्रह गर्दछु ।”

उनले वालिङका नागरिकको जीवन रक्षाका लागि आगामी दिनमा थप उर्जाका साथ अगाडि बढ्ने क्रममा सहयोग गर्न पनि आग्रह गरे ।

नगर उपप्रमुख कल्पना तिवारीले प्राप्त सहयोग सामग्रीको सही सदुपयोग गरेर वास्तविक बाढी पहिरो प्रभावित परिवारलाई वितरण गरिने बताइन् ।

कार्यक्रममा डिस्ट्रिक कोचिफ एड्भाइजर चण्डीप्रसाद अर्यालले अप्ठ्यारोमा परेकाहरुलाई केही सहानुभूतिस्वरुप राहत वितरण गरिएको बताए ।

कार्यक्रममा वडा १३ का वडा अध्यक्ष आनन्द पाठक, क्लस्टर २२ का जोन चियर पर्सन कुलचन्द्र शर्मा, क्लस्टर २७ का प्रमुख शम्भुराज बास्तोला, लायन्स क्लब अफ वालिडका अध्यक्ष कविता भुसाल, जोन चियर पर्सन देवेन्द्र भट्टराई, लायन्स क्लब अफ वालिङका उपाध्यक्ष दीपक लम्साल, लायन्स क्लब अफ वालिड ग्रिन होमका अध्यक्ष सजना कडेल कोइराला, लियो क्लब अफ वालिडका अध्यक्ष दीक्षान्त खाँण, समाजसेवी पदमप्रसाद पाठक लगायतले मन्तव्य ब्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै