मैत्रीपूर्ण खेलमा पीएसजीको फराकिलो जित

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७७
PSG vs Celtic

पोखरा । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मैत्रीपूर्ण खेलमा फराकिलो जित हात पारेको छ ।

आफ्नै घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पीएसजीले सेल्टिकलाई ४–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा युवा स्टार केलियन एमबाप्पे, नेयमार,एण्डर हरेरा र पाब्लो सराबियाले १/१ गोल गरे ।

पीएसजीको जितमा पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल संभव भएको थियो । खेल सुरु भएको पहिलो मिनेटमा नै एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यस्तै २५ औं मिनेटमा नेयमारले गोल गर्दै अग्रता दोब्बर बनाए ।

पीएसजीले दोस्रो हाफमा २ गोल थपेको थियो । दोस्रो हाफ सुरु भएको ३ मिनेट नबित्दै हेरेराले टोलीका लागि तेस्रो गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गर्दै पीएसजीलाई ३–० गोलले अगाडि बढाए । त्यसपछि, ६७ औं मिनेटमा साराबियाले गोल गर्दै पीएसजीलाई ४–० गोलको फराकिलो जित दिलाए ।

च्याम्पियन्स लिगको तयारी गरिरहेको फ्रेन्च च्याम्पियन पीएसजीले स्कटिस च्याम्पियन सेल्टिकसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै