क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

आदर्श समाज सम्वाददाता
असार २१, २०७७
dead-body-1_3199456_835x547-m

बागलुङ, २१ असार । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–४ को क्वारेन्टाइनमा वसेका एक युवकको मृत्यु भएको छ । ती युवा फोक्सोको रोगले ग्रसित थिए ।

निसीखोला गाउँपालिका २ देवीस्थान घर भएका २९ वर्षका ती युवा लकडाउन अघिनै भारतमा उपचारका लागि गएका थिए । उपचार संभवन नभएर फर्केपछि क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमै गएराति मृत्यु भएको इलाका प्रहरी कार्यलय बुतिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।

पहिला उत्तरगंगा माविको क्वारेन्टाइनमा राखिएकोमा बिरामीको अवस्था नाजुक देखेपछि घर पठाइएको थियो । वडा कार्यालयले सूचना पाएपछि फेरी उनलाई घर नजिकैको बिद्यालयमा बनाइएको क्वारेन्टाइनमा सारिएको थियो । उनको अहिले सम्म पिसिआर रिपोर्ट नआएको वुतिवाङ प्राथमिक स्वास्थ्यकेन्द्रका प्रमुख डाक्टर मिलन मल्लले जानकारी दिए । ती युवकको स्वाब संकलन गरेर परीक्षणकालागि पोखरा पठाइएको छ । तर अहिले सम्म रिपोर्ट आएको छैन । उनको घर परिवारका अन्य ३ जनाको भन रिपोटे नेगेटिर्भ आएको छ ।

Related News

सम्बन्धित समाचार

  • संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने

    प्रकाश ढकाल वैशाख २४, २०८१
    पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले संविधानको व्यवस्था विपरीत बहुमत पाएको घोषणा गरिएको छ । सभामुख कृष्ण धितालले उनको पक्षमा…
  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…
  • भूगोलविद् डा. हर्कको सालिक अनावरण

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    लमजुङ । लमजुङका भूगोलविद् डा. हर्क गुरुङको अमरत्वका लागि उनको जन्मस्थलमा पार्क निर्माण गरी सालिक अनावरण गरिएको छ । मस्र्याङ्दी…

hero news full width