मेस्सीले ८ सय ६० खेल खेले, ७ सय गोल गरे

आदर्श समाज सम्वाददाता
असार १७, २०७७
Leonnel Messi, Barceelona vs Athletico Madrid

पोखरा । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो फुटबल करियरमा ८ सय ६० खेल खेल्दा ७ सय गोल पूरा गरेका छन् ।

मंगलबार राति भएको ला लिगाको एट्लेटिको मड्रिडविरुद्धको खेलमा गोल गरेपछि मेस्सीले करियरको ७ सयौं गोल पूरा गरे । एथ्लेटिकोसँग २÷२ गोलको बराबरी खेल्दा बार्सिलोनाका लागि मेस्सीले १ गोल पेनाल्टीमा गरेका थिए । जुन गोल उनका लागि करियरको ७ सयौं गोल बन्यो ।

मेस्सीले स्पेनिस क्याटलाना क्लब बार्सिलोनाका लागि ६३० गोल र अर्जेन्टिनी राष्ट्रिय टिमको जर्सीबाट ६० गोल गरेका छन् । अर्जेन्टिनाका समेत कप्तान रहेका मेस्सी ७ सय गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि, पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ७ सय गोल पूरा गरिसकेका छन् । अर्जेन्टिनी तथा बार्सिलोनाका स्टार ३३ वर्षीय मेस्सीले आफ्नो पुरै करियर बार्सिलोनाबाट खेलेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै