पोखरा । नेपालका उसु राष्ट्रिय खेलाडी वीरमान वाइवाको आकस्मिक निधन भएको छ ।
नेपालको तर्फबाट १८ औं एसियन गेम्समा सहभागी भएका वाइवाको काभ्रेस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।
पारिवारिक स्रोतअनुसार शनिबार राति अभ्यास गरेर घर आएपछि खाना खाएर सुतेका थिए । तर, बिहान ढिलासम्म नउठेपछि किन ढिला उठ्यो भनेर जाँदा वाइवा मृत भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।
वाइवा विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । इन्डोनेसियामा सम्पन्न १८ औं एसियन गेम्समा नेपालको प्रतिनिधित्व गरेका थिए । एसियन गेम्सको छनोट प्रतियोगिताका रुपमा रहेको राखेप च्याम्पियनसीपमा स्वर्ण पदक जित्दै उनी एसियन कपका लागि छनोट भएका थिए ।
उसु खेल्नुभन्दा अगाडि उनी नेपाल क्योकुशिन फुल कन्ट्याक्ट् कराते खेलाडी रहेको उनका सहकर्मी किरणसिंह साउदले बताएका छन् । वाइवा तेकोसिन करातेमा नेपालबाट १० पटकभन्दा बढी च्याम्पियन रहिसकेका छन् ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१