सर्लाही, १५ असार । सर्लाही जिल्लाको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा डेढ दर्जन मानिस घाइते भएका छन्।
सर्लाहीको रामनगर गाउँपालिकामा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर नेकपाका युवा विद्यार्थीले आइतबार सर्लाहीका विभिन्न ठाउँमा जुलुस प्रदर्शन गरेका थिए। धनकौलमा भएको जुलुसकै क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो। घाइतेमध्ये केहीलाई गोलीसमते लागेको छ।सर्लाहीका प्रहरी प्रमुख एसपी विश्वमणि सुवेदीले झडपमा गोली समेत चलेको पुष्टि गरेका छन् ।
केहीलाई गोलीको छर्रा लागेको छ, गोलीका कारण गम्भीर घाइते भने कोही नभएको जानकारी उनले दिए । कुन पक्षबाट गोली चलेको हो, खुलेको छैन, एसपी सुवेदीले भने हामी अनुसन्धान गरिरहेका छौं । घाइते हुनेमा १५ जना कांग्रेस र तीन जना नकेपाका कार्यकर्ता रहेका प्रहरीले जनाएको छ। नेकपाका कार्यकर्ताले गोली कांग्रेसका कार्यकर्ताले चलाएको आरोप लगाएका छन् ।
घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ, पक्राउ पर्नेको नाम खुलाइएको छैन, ‘अहिले स्थिति सामान्य छ, कुनै तनाव छैन,’ एसपी सुवेदीले भने । रामनगरका नेकपा कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो। रायको हत्या कांग्रेस कार्यकर्ताले गरेको दाबी नेकपाको छ। तर, कांग्रेसले भने यो आरोप अस्वीकार गर्दै आएको छ।यादवको शव अझै सर्लाही जिल्ला अस्पतालमै छ। हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गर्न नेकपाले माग गरेको छ। नेकपा सर्लाहीका जिल्ला स्तरीय नेताले गृहमन्त्री रामबहादुर थापालाई जानकारी गराएका छन् ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१