तानसेन–हार्थोक सडकखण्डअन्तर्गत सम्माबारीमा पहिरोले ४ सवारी बगाएको छ । घटनामा २ जनाको मृत्यु भएको छ भने १ घाइते छन् ।
साँझ साढे ५ बजेतिर पहिरो खस्दा एउटा ट्याङ्कर, बोलेरो जीप, कार र मिनी ट्रक गरी ४ सवारीसाधन बगाएको हो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने, ‘पहिरो जाँदा ४ सवारीसाधन बगाएको हो । कति मानिस हताहत भए भन्नेबारेमा यकिन विवरण आइसकेको छैन । अहिलेसम्म २ जना शव भेटिएको र १ घाइतेको उपचारका लागि अस्पताल लगिएको छ ।’
उनका अनुसार उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहित स्थानीय खटिएका छन् ।
अविरल वर्षापछि सो सडकखण्डमा पहिरो गएको हो । पहिरो गएको क्षेत्र सदरमुकाम तानसेनदेखि करिब ७ किमी पश्चिममा पर्छ ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१