पोखरा । बार्सिलोनालाई उछिन्दै रियल मड्रिड स्पेनिस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति सोसिडाडको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सोसिडाडलाई २–१ गोल अन्तरले हराएको हो । रियलले बार्सिलोनासँग अंक बराबरी गर्दै हेड टु हेडका आधारमा तालिकाको शीर्ष स्थान बनाएको हो । शुक्रबार बार्सिलोनाले सेभिल्लासँग गोलरहित बराबरी खेलेसँगै रियललाई शीर्ष स्थानमा उक्लिने अवसर प्राप्त भएको हो ।
शीर्ष स्थानको रियलले ३० खेलबाट ६५ अंक जोडेको छ । सोसिडाड ४७ अंक सहित छैटौं स्थानमा छ । रियाल मड्रिडका सर्जियो रामोसले नयाँ रेकर्ड समेत बनाएका छन् । उनी ला लिगाको इतिहासमा सर्वाधिक गोल गर्ने पहिलो डिफेन्डर बनेका हुन् ।
रियल सोसिडाडसँगको खेलमा १ गोल गरेका रामोसले बार्सिलोनाका पूर्व खेलाडी रोनाल्ड कोइमनको रेकर्डलाई पछि पारेका हुन् । ला लिगामा रामोसले गोल संख्या ६८ पु¥याएका छन् ।
यस्तै, स्पेनिस ला लिगामा भ्यालेन्सियाले ओसासुनालाई २–० ले हराएको छ । घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाका गोन्सालो गुइडेस र रोड्रिगोले १/१ गोल गरे । त्यस्तै, अर्को खेलमा सेल्टा भिगोले फराकिलो जित निकालेको छ । सेल्टाले डिपोर्टिभो अल्भेसलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै सेल्टा ३० अंक जोडेर लिगको १६ औं स्थानमा उक्लिएको छ । डिपोर्टिभो ३५ अंकका साथ १३ औं स्थानमा रहेको छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१