ला लिगामा बार्सिलोनाको अग्रता कायमै, मालोर्कामाथि बार्साको शान्दार जित

आदर्श समाज सम्वाददाता
असार १, २०७७
Malorca vs Barceelona, Spanish La Liga

पोखरा । स्पेनिस ला लिगाको लिग लिडर बार्सिलोनाले आफ्नो अग्रतालाई कायमै राखेको छ ।

कोरोना संक्रमणका कारण स्थगित ला लिगा सुचारु पहिलो खेलमा मालोर्कामाथि बार्साले शान्दार जित निकालेको छ । बार्सिलोनाले रेगिगेसन जोनमा रहेको मालोर्कामाथि ४–० को जित निकालेको हो ।

मालोर्कामासँगको खेलमा बार्सिलोनाको जितमा कप्तान लियोनेल मेसी, आर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्वाले समान १÷१ गोल गरे । एकपक्षीय बनेको खेलमा बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान २/२ गोल गरेको थियो ।

खेलको दोस्रो मिनेटमा नै जोर्डी अल्वाको पासमा भिडालले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाए । ३७ औं मिनेटमा ब्रेथवेटले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो ।

खेलको ७९ औं मिनेटमा मेसीको पासमा अल्वाले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । इन्जूरी समयको थप गरिएको तेस्रो मिनेटमा मेसीले लुइस सुआरेजको पासमा गोल गर्दै बार्सिलोनालाई ४–० को शान्दार जित दिलाए ।

यस जितसँगै शीर्ष स्थानको बार्सिलोनाले २८ खेलबाट ६१ अंक बनाएको छ । बार्सिलोनाले ला लिगाको जारी लिगमा आफूलाई शीर्षस्थानमा कायमै राखेको छ । पराजित मालोर्का २५ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै