८ जुलाईदेखि इङ्ल्याण्ड र वेस्ट इण्डिजबीचको टेस्ट

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७७
England vs West Indis

पोखरा । इङ्ल्याण्डले वेस्ट इण्डिजसँग खेल्ने ३ खेलको टेस्ट सिरिजको मिति टुंगो लगाएको छ ।

जुलाईको ८ तारिकदेखि बन्द रंगशालामा खेल्ने गरी इङ्ल्याण्डले वेस्ट इण्डिजसँगको तालिका टुंगो लगाएको हो ।

यो सिरिजसँगै कोरोना भाइरसको कारण गएको मार्च १३ तारिखदेखि बन्द भएका अन्तर्राष्ट्रिय क्रिकेट सुरु हुनेछन् ।

पहिलो टेस्ट ८ देखि १२ जुलाईसम्म ह्याम्पसायरमा हुनेछ ।

दोस्रो टेस्ट १६ देखि २० जुलाईसम्म ओल्ड ट्राफोडमा हुनेछ ।

त्यस्तै, तेस्रो टेस्ट २४ देखि २८ जुलाईसम्म ओल्ड ट्राफोडमा नै हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै