बुटवल ११ जेठ । लकडाउनका कारण भारतीय भूमिमा अलपत्र परेकाहरु नेपाल प्रवेश गर्नेहरुको अहिले पनि घुइचो छ ।
कोही पैदलै त कोही सवारी साधन फेर्दै नेपालको वोडरसम्म आउने गरेका छन् । यसरी घर आउनेहरु भोकै प्यासै र थकिने देखिन्छन् । यति मात्र होइन उनीहरुको वाटोमै मृत्यु हुन थालेको छ । स्याङजाका एक नागरिकको रुपन्देहीको सिमानाका नौतनवामामृत्यु भएको एक दिन वित्न नपाउदै भारतको गुजरातबाट नेपाल फर्किदै गरेका अर्घाखाँचीका एक जना प्रवासी नेपालीको बाटैमा मृत्यु भएको छ ।
नेपाल नपुग्दै दुई वटा बसमा रहेका मध्ये अर्घाखाँचीका एक नेपालीको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिए ।“भारतको गुजरात बाट नेपाल आउदै गरेका उनको भारतमै मृत्यु भएको छ । उनको शब अहिले कृष्ण नगर सीमाको भारततर्फ पर्ने बढनीमा छन । नेपाल भित्राएर मृतकको स्वाब परीक्षण गराउने तयारीमा छौ ।” प्रजिअ पौडेलले भने ।
दुई वटा बसमा आएका प्रवासी नेपालीहरु मध्ये अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको मृत्यु भएको शसस्त्र प्रहरी बल नेपाल भंसार राजश्व सुरक्षा गुल्म कृष्णनगरका शसस्त्र प्रहरी नायब उपरीक्षक सुशील कुमार शाहीले जानकारी दिए ।यस अघि शनिबार नेपाल प्रवेशको पर्खाइमा सिमानाका स्थित भारतीय क्वारेन्टीनमा बसेका एक नेपालीको मृत्यु भएको थियो । रुपन्देहीको सीमा नाका भरतको नौतनवा स्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।
रोजगारीका लागि भारतका गएका स्याङजाका ३२ वर्षीय देवबहादुर थापाको युवा भएको पुष्टि भारत नौतनवाका एसडिएम (सरकारी अधिकार) जसधिर सिंहले पनि गरे । जेठ ५ गते क्वारेन्टाइनमा राखिएका उनको शनिबार मृत्यु भएको हो । उनी भारतको अलिगढबाट केही दिन पैदल हिँडेर मुलुक फर्किने आशामा सीमामा आएका थिए ।लामो पैदल यात्राका कारण उनको खुट्टा र अन्डकोष सुन्निएको थियो ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१