तोलाकान्त बगाले – वालिङ, २२ वैशाख । स्याङ्जाको वालिङमा डेङ्गुका विरामी फेला परेका छन् । वालिङ ८ घर भएका ७० वर्षीय एक पुरुषको पोखरास्थित गण्डकी मेडिकल कलेजमा रगतको परीक्षण गर्दा डेङ्गुको संक्रमण रहेको पुष्टि भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
पोखरामा उपचाररत विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको शाखा प्रमुख पाण्डेले बताए । पोखरामा उपचाररत विरामी वालिङको भएको हुँदा वालिङ नगरपालिकाले डेङ्गु रोग नियन्त्रणका लागि छिट्टै ‘लार्भाको खोजी र नष्ट गर्ने अभियान’ थाल्ने तयारीमा रहेको वालिङ नगर प्रमुख दीलिपप्रताप खाँणले बताए ।“यो भाईरसबाट सर्ने रोग भएको हुँदा यसको उपचार छैन पूर्व सावधानी नै महत्वपूर्ण हुन्छ” नगर प्रमुख खाँणले भने “यो रोग सर्नुका कारणहरु, यसका लक्षणहरु तथा यसबाट बच्न अपनाउन सकिने उपायहरुबारेमा नगरबासीलाई सचेतना जगाउनका लागि प्रचारात्मक अभियान चलाउँछौं ।”
नगरपालिकाले चेतनामूलक कार्यक्रमसँगै डेङ्गु नियन्त्रणका लागि यसका वासस्थानहरु नष्ट गर्ने तथा अन्य आवश्यक प्रक्रियाहरु अगाडि बढाउने नगर प्रमुख खाँणले बताए । डेङ्गु भाईरसद्वारा संक्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाईबाट सर्ने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु, शरीरमा विविराहरु आउनु, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षणहरु देखिएमा डेङ्गु रोगको संक्रमण हुन सक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नहुन स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । गतवर्ष पनि वालिङ नगरपालिकाले डेङ्गु रोगको नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमहरु गर्नुका साथै सन्देशमूलक सूचनाहरु प्रसारण तथा ‘लार्भाको खोजी र नष्ट गर्ने अभियान’ चलाएको थियो ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१