कोरोनाका कारण एन्फा डे कार्यक्रम स्थगित

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७७
ANFA

पोखरा । कोरोनाका कारण एन्फा डे कार्यक्रम स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा डे स्थगित गरेको छ ।

कोरोना भाइरसका संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनलाई मध्येनजर गर्दै एन्फाले आफ्नो वार्षिक कार्यक्रमलाई स्थगित गरेको हो ।

कर्मा छिरिङ शेर्पाको नयाँ कार्यसमिति चयन भएपछि एन्फाले बैशाख २२ लाई एन्फा डेका रुपमा मनाउन सुरु गरेको थियो । वैशाख २२ गते नै शेर्पाको नयाँ नेतृत्वमा एन्फा कार्यसमिति बनेको थियो । एन्फा डे मा खेलाडी, पदाधिकारी, पुराना खेलाडीहरुलाई सम्मान गर्दै आएको थियो । गत वर्ष जुमानु राई र अनु लामा सम्मानित भएका थिए ।

एन्फा डे का अवसरमा अध्यक्ष शेर्पाले खेलाडी, जिल्ला संघ, क्लब, प्रायोजक, समर्थक र अन्य सम्बन्धित सबैलाई शुभकामना दिएका छन् । गत वर्ष भन्दा पनि अझै भव्य कार्यक्रम गर्ने योजना भएपनि अहिलेको परिस्थितिका कारण स्थगित गर्नुपरेको अध्यक्ष शेर्पाले जनाएका छन् ।

अहिलेको समयमा भने सबै सुरक्षित रहनु महत्वपूर्ण भएको शेर्पाले बताएका छन् । उनले लकडाउनमा सरकारले दिएको निर्देशन पालन गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width